नेपालको आफ्नै डिजिटल मुद्रा ल्याउने राष्ट्र बैंकको घोषणा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नै डिजिटल मुद्रा ल्याउने तयारी अघि बढाएको जानकारी दिएको छ । राष्ट्र बैंकको ६७ औँ स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा डेपुटी गभर्नर बमबहादुर मिश्रले यस्तो जानकारी दिएका हुन् ।

उनले कागजको नोट चलाउनबाट सुरु भएको राष्ट्र बैंकको यात्रा अब, डिजिटल करेन्सीमार्फत अघि बढेको बताएका छन् । अहिलेको भौतिक मुद्रालाई विस्थापित गरेर डिजिटल मुद्रामा ल्याउने उनले बताएका हुन् । यसका लागि सार्क राष्ट्र अन्तर्गतका केन्द्रीय बैंकहरूको प्रतिनिधि सहितको समूहले कन्सेप्ट पेपर तयार पारिरहेको समेत उनले बताएका छन् ।

सुरुमा बिटक्वैन क्रिप्टोकरेन्सीले चर्चापाएपछि अहिले विश्वभरका मुलुहरु क्रिप्टादेखि डिजिटल करेन्सीको दौडमा अघि बढेका छन् । यसबीच राष्ट्र बैंकले पनि सोही मार्गमा अघि बढेको जानकारी दिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...