पोखरा । काठमाडौंमा २०७० सालमा स्थापना भएको राष्ट्रिय नागरिक पार्टीले कास्कीमा पहिलो पटक निर्वाचनमा भाग लिएको छ ।
उक्त पार्टीबाट स्थानिय निकाय निर्वाचन २०७९ पोखराको मेयर, वडा नं. २१ मा टिम र वडा नं. ९ मा एक सदस्य पदमा उमेदवारी दिएको छ ।
पोखरा महानगरपालिकाको मेयर पदमा पोखरा ८ न्युरोड निवासी सिर्जना रिजाल कार्कीले उमेदवारी दिएकी छन् । कार्की महिला उद्दमी तथा पार्टीको कास्की जिल्ला अध्यक्ष पनि हुन् ।
त्यसै गरी पोखरा महानगरपालिका वडा नं. २१ बाट वडा अध्यक्षमा लक्षुमण सुनार, वडा सदस्यहरुमा प्रदीप सुनार र बिष्णु बहादुर थापा, महिला सदस्यमा तुलकुमारी थापा मगर र दलित महिला सदस्यमा नारायणी परियारले उम्मेद्बारी दिएका छन् । अध्यक्ष पदका उमेदवार सुनार युवा ब्यबसायी तथा सुर्य किरण क्लब पोखरा २१ रामदीको संस्थापक अध्यक्ष पनि हुन।
पार्टीको तर्फबाट पोखरा महानगरपालिका वडा नं ९ बाट वडा सदस्य पदमा कृष्ण बहादुर रानाभाट उमेदवारी दर्ता गरेका छन् ।
पार्टीका केन्द्रिय सदस्य तथा प्रेस सल्लाहकार, युवा ब्यबसायी तथा पत्रकार रानाभाट लायन्स क्लब, भाट समाज, एशियन फोरम, पबित्र सहकारीको संस्थापक, विभिन्न संघ संस्थाको आजिवन सदस्य छन् ।