पोखरा, जेठ १२ गते । स्थानीय तह निर्वाचन, २०७९ अन्र्तगत पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण आज हुदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज पोखरा सभागृहमा सपथ गराउने कार्यक्रम तय गरेको निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।
महानगरपालिकामा नवनिर्वाचित पदाधिकारीहरूको घोषणा सभा, प्रमाणपत्र वितरण तथा शपथ ग्रहण अहिले दश बजे आयोजना गरिएको बताएको छ । सपथ ग्रहण कार्यक्रममा विजेता उम्मेदवार बिहान ९ बजे कार्यक्रम स्थलमा उपस्थिति हुन आयोगले अनुरोध छ ।