भारत मङ्गलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो । सोमबार तुलनामा मङ्गलबार कोरोना सङ्क्रमितको संख्यामा बढेको छ, अर्थात ४०७ जना कोरोना सङ्क्रमित बढेका मन्त्रालयले थप जानकारी दिएको छ ।
हाल यहाँ १८ हजार ३८६ सक्रिय सङ्क्रमित रहेका छन् । यद्यपी हिजो सार्वजनिक भएको समाचारअनुसार १७ हजार ८८३ सक्रिय सङ्क्रमित रहेका थिए । यो संख्या कुल सङ्क्रमितको ०.०४ प्रतिशत हो ।
मङ्गलबार मध्यरातीसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख १७ हजार ८१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा छको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुने कुल मृतकको संख्या पाँच लाख २४ हजार ६३६ पुगेको छ ।
भारतले मङ्गलबार १० लाख ९१ हजार ११० को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड आठ लाख परीक्षण भएको छ ।
भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख २० हजार ८०७ डोज खोप लगाइएको छ ।