अझै रहस्यमय बन्दै दरबार हत्या कान्ड


बि.स २०५८ जेठ १९ गते शुक्रवार करीब रातिको ९/१० बजे दरबारमा राजपरिबार १० सदस्यको निर्मम हत्या भएको थियो। भोलिपल्ट बिहान अर्थात २० गते मात्रै यो घटना सबै ठाँउमा फैलिन पुग्यो। अहिले जस्तो सामाजिक संजालको तत्कालीन समय पहुच थिएन। रेडियो नेपालमा शोकको धुन बज्न थाल्यो, नेपाल टेलीभिजनमा तस्बिर मात्रै देखाईएको थियो। देश पुरै शोकमा डुबेको थियो। उक्त घटनामा राजा बिरेन्द्र, रानी एस्वय,अधिराजकुमार निराजन राजकुमारी श्रुति, युबराज दीपेन्द्र, अधिराज कुमार धिरेन्द्र, जयन्ती,शान्ति, शारदा, कुमार खड्का लगायत १० सदस्य परिबारको एकै पटक रहस्यमय हत्या भयो।
घटना घटनुको कारण अझै रहस्यमय :
तत्कालीन प्रधानन्यायाधीश केशबप्रसाद उपाध्याय र तत्कालीन सभामुख तारानाथ रानाभाटको अध्यक्षातामा एक छानबिन समिति गठन गरियो, उक्त समितिले एक हप्ता लगाएर प्रतिबेदन सार्बजनिक गर्यो।उक्त प्रतिबेदनमा युबराज दीपेन्द्रले अत्याधिक मादक पदार्थ सेवन गरि स्वचालित हतियार द्वारा परिबारको हत्या गरि आफुले समेत आत्महत्या गरेको प्रतिवेदन निकाल्यो। सरकारको आधिकारिक प्रतिबेदन समेत भएको हुनाले अर्को अनुसन्धान नलाग्दा सम्म उक्त प्रतिबेदनलाई नै मान्नु पर्ने बाध्यता छ। उक्त प्रतिबेदनलाई नेपाली जनताले मान्न तयार छैनन् । करिब २ दशक पुग्नै लाग्दा पनि निश्पक्ष छानबिन हुन सकेको छैन।

आशंका : दरबार हत्या कान्डलाई तथ्य र प्रमाणको आधारमा निश्पक्ष छानबिन नगरेसम्म यो सबैको मनमा कौतुहलता पुर्ण नै रहेको छ।
– राजा ज्ञानेन्द्रको परिबार सुरक्षित भएको तथा उक्त घटना पछि राजा ज्ञानेन्द्र नै भएको हुदा बिगत सत्ता हत्याउने प्रवृत्ति स्वयम् राजपरिवारबाट नै हुने भएको, राजा बिरेन्द्रको शासन संचालन प्रती पहिले पनि असन्तुष्ट बाट उक्त घटनामा आफ्नै सरोदर भाइ ज्ञानेन्द्रलाई पनि जनताले शंका गरेको पाईन्छ। जुन अनुसन्धान पछि नै थाहा होला।
– राजपरिवारको हत्या अमेरिका तथा पश्चिमा रास्ट्रको हात रहेको आशंका समेत गर्ने गरिएको पाईन्छ, अमेरिकाको स्वार्थ तिब्बतमा रहेको, नेपालको सामरिकमा रहेर उ चिनको तिब्बत टुक्राउन चाहन्थो।उक्त मिसनको बाधक नेपालको राजतन्त्र थियो। खम्बा बिद्रोह पनि राजा बिरेन्द्रले बि.स २०३० सालमा दबाएर चिनलाई एक चीन नीति अबलम्वन गरेका थिए जुन कुरा अमेरिकालाई मन परेको थिएन।
– पश्चिमा मुलुकहरु नेपाललाई हिन्दु राज्य भएको हेर्न नचाहने थिए, धर्म निरपेक्षतामा पश्चिमा र युरोपियन युनियन सकृय रहेबाट उक्त हिन्दु राज्य फाल्न दरबार बाधक थियो। त्यसैले पश्चिमा शक्तिलाई समेत शंका गरिएको पाईन्छ।
– छिमेकी रास्ट्र भारतलाई पनि शंकाको दृष्टिकोणले हेरेको पाईन्छ, भारतले नेपालको राजनितिमा बारम्बार हस्तक्षेप गर्न चाहन्थो। बिगतका नाकाबन्दी, सान्ती क्षेत्र प्रस्ताव, सयुक्त रास्ट्रसंघको सदस्यता जस्ता नेपालले चालेका कदम प्रती भारतको छुट्टै दृष्टिकोण थियो। यी सबै स्वार्थको मुल जड भारत नै थियो।
यी र यस्तै कारण सबै शंका मात्रै हुन। यी शंकालाई चिर्न सरकारले निस्पक्ष छानबिन आयोग गठन गरि तथ्य र प्रमाणको आधारमा दरबार हत्या कान्डको अनुसन्धान गरि तथ्य नेपाली माझ ल्याउनु पर्दछ। नेपाली जनताको राजा प्रतिको आस्था र सद्भाव उत्तिकै थियो। राजा बिरेन्द्र सरल स्वाभाबका राजा भएको हुदा उनी प्रजातान्त्रिक राजाको रुपमा चिनिन्छ्न। २०४६ सालको आन्दोलनमा समेत उनले प्रजातन्त्र घोषणा गरि पन्चायती ब्यबस्थाको अन्त्य गरेका थिए। नेपाललाई ५ बिकास क्षेत्र बिकास गरि क्षेत्रीय सन्तुलन कायम गरि बिकेन्द्रीकरणको अभ्यास गरेका थिए। नेपालको कुनाकुनामा घुमी जनताको अबस्था जान्ने, जनताको सुखदुखमा सगै रहने उनको सरल स्वभाव रहेको पाईन्छ। अहिले पनि राजा बिरेन्द्र प्रती जनताको साहानुभुती र सद्भाव उत्तिकै रहेको पाईन्छ। कठोर सुरक्षाको घेरा भित्र रहेर पनि दरबार असुरक्षित हुनुबाट जनतामा निरासा पैदा भएको पाईन्छ। दरबार हत्याकाण्ड बारे छिट्टै सत्य तथ्य बाहिर आओस् ,स्वर्गीय राजपरिबारप्रती हार्दिक श्रद्धासुमन ।

लेखक: TN Devkota त्रिभुवन बिश्वबिद्धालयमा मानबिकी तथा सामाजिक शास्त्र संकायको स्नातकोत्तर तहमा अध्ययनरत बिद्यार्थी हुुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...