दाङ–२ मा गठबन्धनबाट रेखा शर्माले दिइन् उम्मेदवारी

२३ असोज, काठमाडौं । दाङ क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्माले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् ।

शर्माले क्षेत्र २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । शर्मा पूर्व सामान्य प्रशासन मन्त्री हुन् ।

सत्ता गठबन्धनबाट क्षेत्र नं. २ (क) मा नेपाली कांग्रेसका राजु खनाल र २ (ख) मा कांग्रेसकै प्रचण्ड विक्रम न्यौपानेले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

दाङ क्षेत्र नं. २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि उम्मेदवार छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...