पोखरा, असोज २३ गते ।उम्मेदवार चयनमा असन्तुष्टी जनाउदै नेकपा माओबादी केन्द्रका ३७ जनाले सामुहिक राजीनामा दिएका छन् । कास्की क्षेत्र ३ प्रदेश सभा (क) का नेता दुर्गादत्त भण्डारीलाई प्रदेश सभामा (ख) मा उम्मेदवार बनाएको भन्दै उनीहरुले आज सामुहिक राजीनामा दिएका हुन् ।
पार्टीको प्रदेश र जिल्ला समन्य कमिटिले सिफारिस गरेका ब्यक्तिलाई टिकट नदिइ बाहिरबाट उम्मेदवार बनाएका कारण राजीनामा दिएको उनीहरुले बताएका छन् ।राजीनामा दिनेहरुमा माओबादी गण्डकी प्रदेश सदस्यहरु नवराज भण्डारी, भोजराज पौडेल, महानगर कमिति उपाध्यक्ष भानुभक्त अधिकारी, माछापुच्छे गाँउपालिका कमिटि उपाध्यक्ष गोपाल पोखरेल लगायत ३७ जनाले सामुहिक राजीनामा दिएका हुन् ।