सुनको भाउ सस्तो हुँदै, तोलामै १२ सय रुपैयाँले घट्यो

मंगलबार सुनको भाउ १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ७०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय १५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...