पोखरा महानगरका उप्रमुख मञ्जुदेवी गुरुङले नवौ राष्टिय खेलकुद पोखरामा आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो । २०४० सालमा दोश्रो राष्टिय खेलकुद पोखरामा भएको स्मरण गदै उहाँले नवौ खेलकुदलाई सफल बनाउदै पोखराको सानलाई थप उच्च बनाउन खेलाडीहरुले आफनो कला र कौशल प्रर्दशन गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँल पोखराको पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले भुमिका खेल्ने बताउदै उत्कृष्ट खेल प्रर्दशन गरेर महानगरको प्रतिष्ठान बढाउन खेलाडीहरुलाई आग्रह गर्नुभयो ।
रभने,“बजेट नभएकोले हामी यस विषयमा चुकेका छौ ।” खेल स्थल छनौट व्यवस्थापन हतारमा भएपनि प्रतियोगिता सफल बनाउनको लागि आयोजकका विभिन्न निकाय लागि परेको उनले बताए । भोलिबाट हक्कीमा पुरुष तर्फ नौ टिम र महिला तर्फ ७ टिमले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्धघटन हुने भनिएपनि प्रतियोगिता अन्तर्गतका केहि खेलहरु भने सुरु भैसकेका छन् ।