कास्की क्षेत्र नं.१ (क) मा एमालेको १६४७ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन

पोखरा, कात्तिक १ गते ।नेकपा एमाले प्रदेश सभा क्षेत्र न १ (क) कास्की निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रदेश सभा निर्वाचन परिचालन कमिटि गठन गरेको हो । नेकपा एमाले क्षेत्र न १ प्रदेश सभा (क) कास्कीको मंगलबार बसेको बैठकले कमिटि गठन गरेको हो । बैठकले १६४७ सदस्यीय मुल निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

बैठकले निवा{चन प्रचारप्रसार समितिको सयोजकमा एमाले जिल्ला कमिटी सदस्य पुष्प सुबेदीलाई चयन गरेको छ । कमिटिको सहसयोजकमा रमेश रानाभाट र सचिबमा बिष्णु पुनलाई चयन गरेको छ । त्यसैगरि जिल्ला कमिटी सदस्यहरु र पालिका कमिटी अध्यक्षहरु रहेको १६ सदस्यीय कायालय, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका पदाधिकारी सदस्य, वडा कमिटी अध्यक्ष र वडा अध्यक्ष रहेको १३३ सदस्यीय सचिवालय गठन गरेको छ । त्यस्तै वडा कमिटी पदाधिकारी, सदस्यहरु, टोल कमिटीका पदाधिकारीहरु र जनसगठनका पालिका कमिटी र वडा कमिटीका पदाधिकारी रहेको १६४७ सदस्यीय मुल प्रचारप्रसार समिति गठन गरेको हो ।

बैठकले आथि{क, काया{लय, छपाई, प्रतिबद्धतापत्र लेख , मतदाता शिक्षा , सुरक्षा ब्यबस्थापन, जनसगठन परिचालन लगायत विविध उपसमिति समेत गठन एमाले क्षेत्र नम्वर १ ले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...