एमाले केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा, एमालेको कास्की २(१) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार भीम कार्की, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्री लगायतले नेपालीलाई स्वागत गरेका थिए ।
विगतमा नेकपा एमालेमा रहँदा नेपाली कास्की जिल्ला कमिटी सदस्य तथा मुक्ति समाजको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । पुरानै घर फर्किएका नेपालीले देश र जनताको पक्षमा काम गर्ने पार्टी एमाले बाहेक अर्को कुनै नभएको बताए ।