पोखरा,२० कार्तिक । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका छन् । मादी गाँउपालिका वडा नम्वर ८ पाखुरीकोटमा उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धन सरकारले देशमा समस्या मात्रै सिर्जना गरेको उल्लेख गर्दै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे बताएका हुन् ।
नेकपा एमाले कास्की जिल्ला अध्यक्ष समेत रहेका उम्मेदवार गुरूङले जनताका चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको स्पष्ट पारे । उनले एमाले सबैको साझा पार्टी भन्दैै सूर्य चिन्हमा मत दिएर अत्यधिक बहुमतले विजयी बनाउन मतदातासँग आग्रह गरेका छन् । अन्य राजनीति पार्टीभन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेका बताउँदै उनले मंसिर ४ गते हुने निर्वाचनमा एमालेले तुलनात्मक रूपमा राम्रो नतिजा ल्याउने दावी गरे ।नेकपा एमाले कास्की १ ले निर्वाचन केन्द्रित रहेर उक्त क्षेत्रमा उम्मेदवार भेटघाट कार्यक्रमलाई तीव्रता दिइरहेको छ ।