पोखरा, २१ कार्तिक ।कास्की–२ मा गठबन्धनका उम्मेदवारहरु सोमबार पोखरा १६ र २१ को घरदैलोमा व्यस्त छन् । पोखरा २१ निर्मल पोखरीमा प्रतिनिधिसभा उम्मेदवार श्रीनाथ बराल, २ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकास लामिछाने, नेकपा एकीकृत समाजवादीबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शारदाप्रसाद सुवेदी र दिलु पन्त, कांग्रेसको तर्फबाट समानुपातिक तर्फकी प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार वृन्दा राना र कांग्रेस केन्द्रीय सदस्य गुरु बरालसहितका नेता कार्यकर्ता घरदैलो कार्यक्रममा सभागी रहेका कास्की–२ को ५ दलीय गठबन्धनका प्रचारप्रसार समिति संयोजक केशर निर्दोशीले जानकारी दिए ।
यता पोखरा–१६ दीपमा पनि गठबन्धनका उम्मेदवारसहितको घरदैलो कार्यक्रम जारी छ । घरदैलो कार्यक्रममा कास्की २ (२)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार विन्दुकुमार थापा, माओवादीको तर्फबाट समानुपातिक तर्फकी प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुवेदा खातुन, नेकपा एकीकृत समाजवादीको तर्फबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रत्ना गुरुङ, नेपाली कांग्रेसबाट समानुपातिक तर्फका प्रदेशसभा सदस्य पदका उम्मेदवार लक्ष्मी पाण्डे र नेपाली कांग्रेसका नेता देवराज चालिसेसहितका नेता कार्यकर्ता सहभागी छन् ।
दुबै ठाउँमा स्थानीयले फूल मालासहित स्वागत गरेका छन् । स्थानीयहरुले आफ्नो क्षेत्रका समस्या राख्दै यसपाली गठबन्धनका उम्मेदवारले नै जितेर जन अपेक्षा पुरा गर्नुपर्ने बताएका छन् ।