‘जनता नै न्यायाधीश’–एमाले उम्मेदवार गुरूङ

पोखरा,२२ कार्तिक ।नेकपा (एमाले) को तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले आफ्ना जनता नै न्यायाधीश भएको बताएका छन् । सबैको चासो, गुनासो र आशालाई पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताउँदै उनले जनताले नै न्यायाधीश भएर निर्वाचनमा एमालेलाई जिताउने विश्वास व्यक्त गरे ।

मादी गाउँपालिका वडा नम्वर १०÷११ मा उम्मेदवार भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै गुरूङले गठबन्धनले देशमा समस्या मात्रै सिर्जना गरेको बताउँदै देशमा समृद्धि ल्याउन एमालेको जित अनिवार्य भएकोे स्पष्ट पारे ।एमाले कास्कीका अध्यक्ष समेत रहेका उनले एमाले सबैको साझा पार्टी भएको बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा तुलनात्मक रूपमा एमालेले राम्रो नतिजा ल्याउने दावी गरे ।

 

स्थानीय धनबहादुर कार्कीले विकास गर्ने पार्टी नै एमाले भएकोले सबै मिलि एमालेका उम्मेदवारलाई अत्यधिक मतले विजय गराउने आजको आवश्यकता भएको उल्लेख गर्दै सबै स्थानीयलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । एमाले उम्मेदवारहरले आज वाचोक, बरालडाँडा, उपल्लो साप्ले लगायत ठाउँमा घरदैलो भएको थिए ।अन्य राजनीति पार्टी भन्दा तुलनात्मक रूपमा एमाले बलियो रहेको यस क्षेत्रमा अहिले एमाले उम्मेदवारहरुले भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...