मलाई किन बर्खास्त गरियो ? मुख्यमन्त्रीले नभने सनसनी भिडिओ ल्याउँछु: खड्का

पोखरा । गण्डकी प्रदेशका निवर्तमान भौतिक, पूर्वाधार मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबारे ‘सनसनी’ अडिओ, भिडिओ ल्याउने धम्की दिएका छन् ।

चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने अडि‌‌ओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईंहरुले भन्ने सनसनी अडिओ, भिडि‌ओ ल्याउँछु,’ उनले भने ।

 

मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बताए । पछिल्लो समय मुख्यमन्त्री पोखरेलसँग आफ्नो सम्बन्ध चिसिएको र केही योजनाका कारण आफ्नो पद गएको हुन सक्ने उनको आँकलन छ ।

‘माइतीघाट झोलुंगे पुल १०० करोड हालेर बनाउने उहाँको योजनामा मैले विरोध गरें, त्यही पनि एक कारण हुन सक्छ,’ उनले भने ।उनले मन्त्री विन्दुकुमार थापाले आफना कारणले बजेट थोरै दिएको भन्ने कुरा गलत भएको बताए । कुमार खडकाले बजेट नदिएका कारण विकास गर्न सकिने भन्ने कुरा सत्य नभएपनि मन्त्रालय सानोे र कम बजेट भएको कुरा अहिले बुझनुभए छ भन्नुभयो, ९ करोड रुपैयाँ बजेट पाएको र त्यो मध्य कति बजेट आफनो र अन्य क्षेत्रमा हाल्नुभयो मलाई थाहा भएन भने ।

 

उनले आफनो प्लटिंग भएको ठाँउमा बजेट हालेको समेत दावी गर्नुभयो । दुई करोड पोखरा १४ र अन्नपूर्ण गाँउपालिकामा दुई करोड हालेको तर पोखरा १६ मा कम बजेट हालेको बताए । उनले अर्थमन्त्री र मुख्यमन्त्रीलाई सम्वोधन गरेर पत्र लेखेर बजेट आफनो निर्वाृचन क्षेत्रभन्दा बाहिर लगेको बताए । राष्टियस्तरको नेता हुने चाहनाले गर्दा निर्वाचन भन्दा बाहिर बजेट लगेको हुनसक्छ भन वडामा केन्द्रीयत भए उनले भने ।

 

उनले निर्वाचन आचार संहिता विपरित प्रचार प्रसारमा नहिडेको स्पष्ट पारे । मैले निर्वाचन आयोगसंग अनुमति मागका लागि निवेदन दिएको थिए तर उसले अनुमति नदिएका कारण मत माग्न नहिडेको समेत स्पष्ट पारे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...