पोखरा, मंसिर ५ गते ।प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि आइतबार सम्पन्न मतदानको मतगणना कतै सुरु भएको छ भने कतै गणना सुरु गर्ने तयारी भैरहेको छ ।
आज विहान ११ बजेसम्म १२ क्षेत्रको गणना सुरु भएको छ । १२ क्षेत्रमा ७ सीटमा एमालेले अग्रता कायम गरेको छ भने, कांग्रेस १, जनमत पार्टी १, स्वतन्त्र पार्टी (घण्टी) १ र राप्रपाले १ क्षेत्रमा अग्रता कायम गरेका छन् ।