जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिक फिर्ता गर्ने

जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरु फिर्ता गर्ने भएको छ । आगामी सन् २०२४ को मे महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो ।संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले बुधबार सो कुराको जानकारी गराउनुभएको हो । उहाँले जर्मनीले आफ्ना सेना फिर्ता गर्न लागेकामा धन्यवाद पनि दिनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका उपप्रवक्ता फराह हकले बुधबार जर्मन सरकारले यसअघि मालीमा जारी रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनमा जर्मन सरकारले शान्ति सैनिक सहयोग गरेकोमा पनि धन्यवाद दिनुभएको छ ।

मालीबाट विभिन्न देशले आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरिरहेका छन् । जर्मन यसरी आफ्ना सेना फिर्ता गर्ने पछिल्लो देश बनेको पनि उपप्रवक्ता हकले जानकारी दिनुभएको छ । मालीमा जारी आन्तरिक युद्धका कारण यहाँका नागरिकको सुरक्षार्थ संयुक्त राष्ट्रसङ्घीय मिसन, मिनुस्मा जारी रहेको छ । यस मिसनमा विश्वमा विभिन्न देशले आफ्ना सेना सहयोग गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...