लेखनाथ उद्योग वाणिज्य संघकाे आयाेजनामा पुस ७ देखि १८ गतेसम्म १८ अौ लेखनाथ महाेत्सव आयाेजना हुने भएकाे छ । पाेखरा २७ तालचाेक डाँडाकाेनाकमा सञ्चालन हुने १८ अौ लेखनाथ महाेत्सव २०७९ काे तयारी बारे आज आयाेजक लेखनाथ उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरेर जानकारी दिएकाे हाे ।महाेत्सवमा ३३७ स्टल रहने र २ लाख ५० हजार दर्शकले महाेत्सव अवलाेकन गर्ने अपेक्षा गरिएकाे मेला प्रचार प्रसार व्यवस्थापन उपसमिति संयोजक तथा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।महाेत्सवमा १० कराेड बरावरकाे आर्थिक काराेवार हुने अनुमान गरिएको छ ।महाेत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भै १० लाख बचत हुने संघले पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।देशकाे अर्थतन्त्र चलायमान बनाई यस क्षेत्रकाे आर्थिक गतिविधि बढाउन, आैद्योगिक उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुकाे प्रर्वद्वन, आवश्यक ज्ञान,सीप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभाेग्य वस्तु तथा सेवाहरुकाे प्रर्वद्वन, जातिय, भेषभुषा,कला संस्कृति, रितिरिवाजकाे जगेर्ना गर्ने, आन्तरिक एंव बाह्य पर्यटन आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयाेग पुर्याउने उद्वेश्यले महाेत्सव आयाेजना गर्न लागेकाे पत्रकार सम्मेलनमा जानकारी गराईएकाे छ । महाेत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुकाे सम्मानमा लाेप हुन लागेका रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रर्दशनी रहने छन । महाेत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुकाे दैनिक प्रस्तुति,बाल उद्यान, खाना महाेत्सव, राष्ट्रिय लाेक दाेहाेरी गित, लाइभ म्युजिक कन्सर्ट आकर्षकका रुपमा रहने छन ।
