लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउछु: भट्टराई

पोखरा,  मंसिर । प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले राजनीतिमा पनि लैङ्गिक हिंसा सहनु परेको बताएकी छन । पोखरा महानगरपालिकाको आयोजना र वडा नम्बर १७ को संयोजनमा आयोजित ३१ औ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत सामुदायिक अन्तक्रिर्या कार्यक्रममा बाेल्दै उनले पारिवारिक अवस्था हेरेर आलोचना गर्ने अवस्थाले हिंसाकाे सामना गर्नुपरेकाे बताइन् । ­उनले महिला भएकै कारण हिंसा सहेर बस्नु परेकाे बताइन । भट्टराईले आफुले पनि पारिवारिक पृष्ठभूमिमा रहेर गरिने  हिंसाकाे सामना गरेकाे बताइन । भट्टराईले आफु महिलाको प्रतिनिधि भएकाले लैङ्गिक  हिंसाका बिरुद्ध आवाज उठाउने प्रतिबद्वता जनाइन । म साझा ब्यत्ति हाे उनले भनिन  महिलाहरु समस्यामा पर्ने गरेका छन । यसका विरुद्ध सदनमा आवाज उठाउछु । उनले सक्षम महिला राजनीतिमा आउनुपर्छ । अब महिलाहरु राजकीय  भुमिकामा महिला जानुपर्छ भन्ने कुरा निर्वाचनले स्थापित गरेकाे  छ । उनले भनिन समानुपातिक र प्रत्यक्षबाट आउने सांसदहरू समान हो । आफना मुद्दामा बहस गर्ने हो तर प्रश्न उठे महिला पुरुष दुबैमा समान अवसर पाउनुपर्छ । महिलाहरुलाइ आरक्षणबाट आगाडि बढाउन सकिन्न तर प्रतिस्पर्धामा तयार पार्नुपर्छ त्ययसका लागि प्रत्यक्ष निर्वाचित हामीहरुले नेतृत्वदायि भुमिका खेल्नुपर्छ भनिन । महिलाको हकअधिकारका बारेमा आवाज उठाएको छु भोलि पनि उठाउने छु सांसद भट्टराईले भनिन । पाेखरा महानगरपालिकाका  उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरलाई महिला हिंसामुत्त बनाउने गरि याेजना सञ्चालन गरेकाे बताइन । महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा पोखरा वडा नम्बर १७ का अध्यक्ष राधिका शाहि योगिले समाज रुपान्तरणका लागि ब्यत्तिको सोच परिवर्तन हुनुपर्नेमा जोड दिइन । जिल्ला समन्वय समितिका सदस्य सीता बिश्वकर्मा, महिलाहरु प्रती हेर्न दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ उनले भनिन । महानगर न्यायिक समिति सदस्य कालिदास पोखरेलले हिंसा  अन्त्यका लागि योजना र वजेटकाे व्यवस्था गर्नुपर्ने बताए ।  समृद्ध, सुंस्कृत महानगर निर्माण गर्ने योजना सहित कार्यक्रम गर्दै आाएका छौ । लैङ्गकि हिंसालाई न्युनिकरण गर्न महिला पुरुष समसचेतना कार्यक्रम सञ्चालन गरेका छौ । महिला पुरुष दुबैको सहभागीता अनिवार्य गरेका छौ । त्यसैले यो कार्यक्रम सफल भएको विश्वास लिएका छौ । लैंगिक हिंसा अन्त्य गर्नुपर्छ उनले भनिन ।३१ औं लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको अवसरमा सामुदायिक अन्तरक्रिया कार्यक्रम शुक्रबार भएको कार्यक्रममा बोल्दै उप प्रमुख गुरुङ महानगरले प्रदेश सरकारको साझेदारीमा महिला सुरक्षा गृह सञ्चालन गर्ने बताइन । प्तिनिधि सभा सदस्य विद्या भट्टराईले आम महिलाको प्रतिनिधि भएकाले सबैकको साझा ब्यक्ति भएको बताइन । महिला अगाडि बढेका छन ।तीन बर्षे कार्यकालबाट जनताले मुल्याङ्कन गरेर आफुलाई पुर्न अनुवन्दीत गरेको बताइन भूमिका कमजोर भयो होला उनले भनिन दोश्रो पटक जादा केही गर्ने सोचका साथ जान्छु । राजनीति अगाडि बढाउन जनताले मत दिए । यो महिला प्रतिको बिश्वास हो ।राजकीय भूमिकामा महिला जानुपर्छ भन्ने कुरा स्थापित गरेको छ । समानुपातिक र प्रत्यक्षबाट आउने सांसदहरू समान हो । आफना मुद्दामा बहस गर्ने हो तर प्रश्न उठे महिला पुरुष दुबैमा समान अवसर पाउनुपर्छ । महिलाहरुलाई आरक्षणबाट आगाडि बढाउन सकिन्न तर प्रतिस्पर्धामा तयार पार्नुपर्छ त्ययसका लागि प्रत्यक्ष निर्वाचित हामीहरुले नेतृत्वदायि भूमिका खेल्नुपर्छ । महिलाको हकअधिकारका बारेमा आवाज उठाएको छु भोलि पनि उठाउने छु । पोखरा महानगरपालिकाको आयोजनामा भएको कार्यक्रममा , पोखरा वडा नम्बर १७ का अध्यक्ष राधिका शाहि योगिले समाज रुपान्तरणका लागि ब्यत्तिको सोच परिवर्तन हुनुपर्नेमा जोड दिइन । जिल्ला समन्वय समितिका सदस्य सीता बिश्वकर्मा, महिलाहरु प्रती हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ उनले भनिन् । महानगर न्यायिक समिति सदस्य कालिदास पोखरेलले भने हिंसा उजागर गरेर अन्त्यका लागि योजना ल्याउनुपर्छ ।कार्यक्रममा पोखरा महानगर सामाजिक बिकास महाशाखाका वरिष्ठ सामाजिक विकास अधिकृत विष्णुमाया पौडेलले बोलेकी थिइन ।जिल्ला प्रहरी कार्यालय कास्कीका महिला तथा बालबालिका सेलका प्रमुख समीक्षा घिमिरे, पत्रकार महासङ्घका कास्कीका उपाध्यक्ष जमूुना वर्षा शर्माले सहजीकरण गरेकि थिइन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...