नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत भएका छन् । संसदीय दलको आइतबार बसेको बैठकले कास्की १ (१) बाट निर्वाचित पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो ।
दलको नेता बनेसँगै उनको गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । गण्डकी प्रदेश सभामा ६० सदस्यीय रहेकाे छ ।