सदस्यसचिव नियुक्तिकाे प्रकिया राेक्न खेलकुद महासंघकाे माग

पाेखरा, पुस ११ गते । नेकपा एमाले निकटकाे खेलकुद महासंघले गण्डकी प्रदेशकाे रिक्त खेलकुद परिषद् सदस्यसचिव नियुक्तकाे प्रकिया राेक्न माग गरेकाे छ ।­ गण्डकी प्रदेश सरकारले सदस्यसचिवका लागि दरर्खास्त स्थगन गर्न माग गरेकाे हाे । खेलकुद महासंघ गण्डकी प्रदेशका अध्यक्ष विष्णु पुनले आज विज्ञप्ति प्रकाशिल गर्दै निर्वाचन सम्पन्न भै नयाँ सरकार निर्माणकाे चरणमा रहेकाले काम चलाउ सरकारले नयाँ नियुक्ति गर्न नपाउने भन्दै विधि र प्रकिया विपरित सदस्यसचिवका लागि आह्वान गरिएको दरखास्त राेक्न चेतावनी दिएकाे हाे ।महासंघले प्रकिया नराेके जनस्तरबाट आन्दाेलनकाे आधिबेहरी सृजना गर्ने र त्यसबाट उत्पन्न परिस्थितिकाे जिम्मेवारी कामचलाउ सरकार हुने चेतावनी दिएकाे  छ । गण्डकी प्रदेश खेलकुद परिषद सदस्यसचिवकाे पद अहिले खाली छ ।गत असाेज २५ गते सदस्यसचिव तेजबहादुर गुरुङ उमेर हदका कारण निबृत्त भएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...