कांग्रेस गण्डकी प्रदेश संसदीय दलकाे नेतामा पाण्डे विजयी

पोखरा, पुस १३ गते । नेपाली कांग्रेस गण्डकी प्रदेश  संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनले १८  मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए भने एक मत बदर भएको छ ।
आज दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकामा दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए ।दुवैजनाले उम्मेदवारी फिर्ता नलिएपछि मतदानबाटै नेता चयन गरिएको हाे ।

संस्थापन पक्षबाट उम्मेदार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।

गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।गण्डकीमा कुनै एक दलकाे बहुमत नभएकाले दुईभन्दा बढि दलकाे सहभागीता हुनुपर्छ ।गण्डकीमा कांग्रेस र माओवादी सहितकाे गठबन्धन कायम रहेकाे भए कांग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था थियाे तर केन्द्रमा गठबन्धन ताेडेर माओवादीले एमाले, रास्वपा, राप्रपा लयायतकाे नेतृत्वमा सरकार गठन गरेकाे छ ।यहाँ अब एमाले नेतृत्वमा, माओवादी र राप्रपा सहितकाे सरकार बन्ने भएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...