पोखरा, पुस १४ गते । आयाेजक सहारा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लबले २२ आै आहा रारा फुटबल प्रतियाेगितामा विजयी सुरुवात गरेकाे । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुदाँ पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको श्रृखंलाको समेत अन्त्य गरेको छ । पोखराको मैदानमा सहारा र धरान बीच तेस्रो पटक उदघाटन भिडन्त थियो । बिहीबार पोखरा रंगशालामा धरानले चौथो मिनेटमा गरेको गोल निर्णायक बन्यो । २०६८ सालमा धरान र सहारा क्लब उदघाटनका प्रतिस्पर्धी बनेका थिए ।
सहाराका भावगत चौधरीले डिबक्स बाहिर फउल गरेपछि धरानले फ्रिकिकको अवसर प्राप्त गर्यो । चौधरीले प्रकाश बुढाथोकीलाई लडाएपछि पाएको फ्रिकिकलाई बुढाथोकीले नै गोल गरे । खेलको चौथो मिनेट गरेको गोलले उनलाई म्यान अफ दि म्याचको हकदार बनाउँदा सहाराको फुटबलस्तर खस्किएको प्रमाणित भयो । वर्षौदेखि एकेडेमी सञ्चालन गरेपनि एकेडेमीका खेलाडीलाई सहाराले मैदानमा उतार्न सकेन् । एकेडेमीका खेलाडीलाई प्रोत्साहन गरेपनि प्रभावकारीता भने रहेन् । पहिलो हाफमा धरानको त्यो नै एकमात्र अवसर सृजना भएको थियो ।
सहाराले पनि घरेलु मैदानमा जुझारु प्रदर्शनबाट चुक्यो । फिनिसिङमा निकै कमजोर देखियो । कप्तान शुशिल लामाको क्रस बललाई अमिन रावलले गरेको हेडर पोष्टको फ्रेममा पर्न सकेन् । त्यस्तै २४ औं मिनेटमा डिबक्स भित्रबाट विक्रमसिंह ठकुरीले दिएको पासलाई अमिन रावलले सदुपयोग गर्न सकेनन् । दुवैको खेलस्तरले मोफसलको फुटबलस्तर निकै कमजोर रहेको प्रष्ट देखिन्थ्यो । त्यसो त दर्शकको उपस्थिति पनि न्युन रहदाँ नकाउट फुटबलको रौनक नै घटेको आभाष भएको थियो ।
धरान फुटबल क्लब १२ वर्षपछि पोखरामा रंगशालामा उदघाटन खेल खेल्न उत्रिएको थियो । सहारा क्लबसँग आहा रारा गोल्डकपमा यी दुईको उदघाटन प्रतिष्पर्धा दशौं आहा गोल्डकप पछिको हो । २०६८ सालमा यी दुई बीच उदघाटनमा प्रतिस्पर्धा गरेका थिए । सहाराले धरानलाई १–० गोलल पराजित गरेको थियो । नवौं सँस्करणमा पनि भएको उदघाटन खेलमा सहाराले २–१ गोल अन्तरले धरानलाई पन्छाएको थियो ।
धरानको सहभागिता पोखरामा नियमित जस्तै छ । पहिलो आहा गोल्डकप(२०५९)देखि धरानको उपस्थिति रहँदै आएको छ । पहिलो आहामा धरानले सिटी योङ देहरादुनसँग प्रतिस्पर्धा गरेको थियो । दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौंसम्म धरान फुटबल क्लबको उपस्थिति थियो । २०६७ को नवौंमा फेरी धरानले आफुलाई आहा गोल्डकपमा उभ्यायो ।