पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे उद्घाटन आज

पाेखरा, पुस १७ गते । पाँच दशक लामो पाेखरेलीकाे सपना आज पूरा हुदैछ । लामाे प्रतीक्षा पछि  अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउदैछ । पोखरा  र पोखरेलीहरूका लागि गर्वको विषय हो । पोखरामा  अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भनेर तत्कालीन समयमा जग्गा अधिग्रहण गर्ने देखी यसको निर्माणका निमित्त निरन्तर सङ्घर्षका कारण पाेखरेलीकाे चाहनाले मुर्तरुप पाएकाे छ ।

राष्ट्रिय गौरवको परियोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज आैपचारिक रुपमा उद्घाटन हुदैछ । नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्नेछन । अंग्रेजी नयाँ वर्षसंगै  २०२३ जनवरी १) तारिका दिन भव्य समारोहका बिच प्रधानमन्त्री  समुद्घाटन हुन गइरहेको छ । यसलाई अझै भव्य र सभ्य रूपमा सु–सम्पन्न गर्न पोखराको अमरसिंह चोक देखी अन्तर्राष्ट्रिय विमानस्थलसम्म सांस्कृतिक झाँकी सहितको र्‍याली, विभिन्न साङ्गीतिक कार्यक्रम (मिलन लामाको प्रस्तुति, कौडा नृत्य, घाटु नाच, याक नृत्य, बालबालिकाहरूको नृत्य लगायत), अन्तर्राष्ट्रिय विमानस्थलका परिकल्पनाकार तत्कालीन अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहण सहित सम्मान र फेशन सो लगायतका कार्यक्रमहरू पोखरा महानगरपालिकाको तर्फबाट गरिने छ ।

 

यसैबीच  अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका सन्दर्भमा पोखरा महानगरपालिका कार्यालय मातहतका महाशाखा तथा शाखा, वडा कार्यालय सहित अन्तरगतका विद्यालय तथा शैक्षिक सङ्घसंस्था समेतमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य सहभागिताका लागि निर्देशन सहित बिदा दिइएको छ । साथै महानगरपालिकाको तर्फबाट व्यापक जनसहभागिताका लागि सार्वजनिक आह्वान समेत गरिएको छ।

 

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले अन्तर्राष्ट्रिय विमानस्थल यस क्षेत्रको लाइफलाइन भएको बताउनुभएको छ ।  पोखरालाई अन्तर्राष्ट्रिय सहरसँग जोड्नुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा विशेष भूमिका खेल्ने विश्वास समेत लिनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...