पाेखरा, पुस २३ गते । नेकपा एमालेकाे समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकाे नेतृत्वमा गठन भएकाे सरकारका न्यूनतम साझा कार्यक्रम तयार भएको छ ।साझा कार्यक्रमकाे मस्यौदा आज साझ बुझाएको छ । साझा कार्यक्रम मस्याैदा लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हाे ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएका हुन ।