जबरजस्ती करणी आराेपमा ७१ बर्षियलाई १९ वर्ष कैद सजाय

पोखरा ।पोखरामा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पोखरा २८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो ।

२०७६ मा तिवारी अपाङगता भएकी नावालिका जबरजस्ती करणी आरोपमा पक्राउ परेका थिए तर २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले उनलाई सफाई दिएको थियो ।

 

उच्च अदालत कास्कीले जिल्ला अदालतको फैसला उल्टाई गत बैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...