गण्डकीका मुख्यमन्त्री सहित तीन मन्त्रीले लिए सपथ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो चरणमा सत्तामा सहभागी दलमध्येबाट तीनजना मन्त्री चयन गरेका छन् । उनीहरुले सोमबारै सपथग्रहण गरेका छन् ।

नवगठित मन्त्रिपरिषदमा एमालेबाट स्याङ्जाकी सीता सुन्दास, माओवादी केन्द्रबाट तनहुका हरि चुमान र राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री नियुक्त भएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन । सपथ ग्रहण लगत्तै मुख्यमन्त्री अधिकारी मुख्यमन्त्री कार्यालय पुगेका छन । मुख्यमन्त्री कार्यालय पुगे लगत्तै मन्त्रिपरिषदकाे बैठक बसिरहेकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...