पाेखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि संघीय सरकारसंग छलफल गर्छु:मुख्यमन्त्री अधिकारी

पाेखरा, पुस २६ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाेखराबाट अन्तर्राष्ट्रिय उडानका लागि संघीय सरकारसंग अनुराेध गर्ने बताउनुभएको छ ।

पोखरा महानगरपालिकाकाे   हिउँदे अधिवेशन (१२ औं नगरसभा)काे मंगलबार उद्घाटन गर्दै उहाँले आज म काठमाडौ जादैछु प्रधानमन्त्री सहित सत्ता साझेदार दलका नेताहरुसंग भेटेर नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान निरन्तर गर्ने ब्यवस्था मिलाउन अनुराेध गर्छु भन्नुभयो ।

 

अधिकारी साेमबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । मुख्यमन्त्री नियुक्त भएपछि  पहिलाे सार्वजनिक कार्यक्रमका रुपमा महानगरकाे नगर सभामा सहभागी भए लगत्तै एमाले अध्यक्ष केपी ओलि सहित दलका नेता भेटन काठमाडौ पुगेका छन ।

 

उहाँले पाेखरालाई सफा, स्वच्छ, सुन्दर र संसारकै उत्कृष्ट थलाे बनाउने काममा लाग्ने बताउनुभयाे ।उहाँले ल्याण्डफिल्ड, कनेक्टिभिटि, जग्गा संरक्षणका विषयमा कसरी जाने भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयाे । मुख्यमन्त्री अधिकारीले  निजामती प्रशासन ब्यवहारिक नभएकाे समेत बताउनुभयाे ।

 

पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पाेखरा महानगरले बनाउने ऐन कानुन उत्कृष्ट हुनुपर्ने बताउनुभयो ।गण्डकी प्रदेशकाे राजधानी र देशकै ठूलो महानगर भएकाले सबैकाे आँखाले हेर्ने गर्ने र अन्य पालिकाले पनि महानगरपालिकाले के गर्छ भनेर हेर्ने हुदाँ उत्कृष्ट हुनुपर्छ ।उपप्रमुख गुरुङले देशलाई समृद्धिकाे बाटाेमा डाेहाेयाउने  हुनुपर्छ भन्नुभयो ।

 

पाेखरा महानगरकाे नगर सभा अनिश्चितकालका लागि स्थगित भएकाे छ ।नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा स्थगित गर्न माग गर्दै बहिष्कार गरेपछि सभाकाे अध्यक्षता गरेका महानगरका मेयर धनराज आचार्यले सभा स्थगित भएकाे घाेषणा गर्नुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...