पाेखरा, पुस २७ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान बालुवाटारमा भेट गरेका छन ।
गण्डकी प्रदेशको समग्र बिकास, सरकार निर्माण र भाबी योजना बारे छलफल भएकाे छ।अधिकारी साेमबार माओवादी केन्द्रकाे समर्थनमा गण्डकी प्रदेशकाे मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्रीकाे सपथ लिएकाे भाेलिपल्ट मंगलबार शिर्ष नेता भेटन मंगलबार काठमाडौ गएका हुन । उनले एमाले अध्यक्षसंग पनि भेटेका छन । उनले मंगलबार अध्यक्ष ओलिसंग भेट गरेका हुन । मुख्यमन्त्री अधिकारी आजै पाेखरा फर्केर अमरसिंहचाैरमा सुरु हुने पाेखरा महाेत्सवकाे उद्घाटन गर्ने छन ।