प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं, माघ ५ गते । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । सभामुखका लागि नेकपा एमालेका घिमिरे र नेपाली कांग्रेसकी ईश्वर न्यौपाने उम्मेदवार थिए ।बिहीबार बसेको बैठकमा दुबैको उम्मेदवारी पेश भएको थियो ।

प्रतिनिधिसभामा उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो ।

 

घिमिरेलाई सभामुख बनाउनुपर्ने पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीका र स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मतदान गरे ।

 

घिमिरेको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका हितराज पाण्डे, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र रास्वपाका रवि लामिछाने थिए ।घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् ।

 

कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...