गण्डकी प्रदेशमा मन्त्रीपरिषदले पूर्णता पायाे

पोखरा ।गण्डकी प्रदेश सरकार विस्तार भएकाे छ।मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको टुंगो लगाएसंगै मन्त्रीपरिषद्ले पूर्णता पाएकाे छ।

हिजाे मन्त्रालयकाे संख्या  टुंग्याएर काठमाडौंमा गएका मुख्यमन्त्री अधिकारीले नेकपा एमाले  अध्यक्ष  केपी शर्मा ओली र आज  बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि मन्त्रिपरिषद विस्तार गरेका हुन   ।

आज एमालेबाट नवलपुरका राेसन गाहा मगर र बेदबहादुर गुरुङ, माओवादीकै रेशम जुग्जालीले मन्त्रीका रुपमा सपथ लिए ।

 

यता नेकपा माओवादीका हरिबहादुर चुमानले भाैतिक पूर्वाधार  र राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास मन्त्रालय पाएका   छन । माओवादीकै रेशम जुग्जालीले उद्योग, पर्यटन तथा वातावरण मन्त्रालय पाएका  छन ।

 

एमालेका रोशन गाहा थापा आन्तरिक मामिला तथा कानुन , सीता सुन्दास अर्थमन्त्री,  राप्रपाका पञ्चराम गुङले सामाजिक तथा स्वास्थ्य मन्त्रालय पाएका छन ।

 

एमालेका  बेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मा पाए । नवनियुक्त मन्त्रीले आजै पद तथा गाेपनियताकाे  सपथ लिएका छन  । प्रदेश प्रमुख पृथ्वीमान गुरुङकाे निवासमा  मुख्यमन्त्री खगराज अधिकारीकाे उपस्थितिमा नवनियुक्त मन्त्रीहरुले सपथ लिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...