गण्डकीका आन्तरिक मार्मिला तथा कानुनमन्त्री मगरले गरे पदभार ग्रहण

पोखरा, माघ ११ गते ।गण्डकी प्रदेशका आन्तरिक मार्मिला तथा कानुनमन्त्री रोशन बहादुर गाहा मगरले पदबहाली गर्नुभएको छ । मंगलबार साँझ सपथ लिनुभएका मन्त्री गाहाले आज विहान मन्त्रालय पुगेर पदबहाली गर्नुभएको हो ।

पदबहाली गर्दै उहाँले आफनो मन्त्रालयको कार्यक्षेत्रमाभित्र पर्ने शान्ति, सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरो लगायतका कार्यजिम्मेवारीसंग सम्वन्धित विषयमा निर्माण गर्न आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरी मस्यौदा तर्जुमा प्रक्रियालाई छिटो अगाडी बढाउने निर्णयमा हस्ताक्षर गर्नुभयो । उहाँले पदबहालीपछि कार्यालय हाताभित्रै फुल रोप्नुभयो । उहाँले आजै विपद व्यवस्थापन सम्वन्धि बैठकमा समेत सहभागी हुनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...