सशस्त्रलाई टाइगर कप भलिबलको उपाधि

पाेखरा, माघ १४ गते ।पाेखरामा सम्पन्न  तेस्रो  टाईगर कप भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फकाे उपाधिमा सशस्त्र प्रहरी बलले आफनो नाम लेखाएको छ ।

शनिबार पाेखरा रंगशालाकाे भलिबल काेर्टमा सम्पन्न फाइनल प्रतिस्पर्धामा डर्बी  सशस्त्रले त्रिभुवन आर्मी क्लबमाथि ३–१ को सेटमा पन्छाउँदै उपाधि आफनो बनायो ।

 

टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा शनिबार भएको फाईनलमा आर्मीमाथि सशस्त्रले जित निकाल्न चार सेट खेल्न पुग्यो । पहिलो सेट २५–२०ले लिएको सशस्त्रले दोस्रो सेट भने उस्तै लयमा रहन सकेन् । आर्मीले खेल सुधार्दै सशस्त्रलाई २५–२२ को सेटमा पराजित गर्दै खेल बराबरीमा ल्यायो ।
तर तेस्रो सेटमा सशस्त्रले आर्मीलाई कुनै मौका नै दिएन् । तेस्रो सेट २५–८ को स्थितिमा गुमाएको आर्मीले चौथो सेटमा पनि उत्साहजनक देखाउन सकेन् ।

 

चौथो सेट २५–२२ को सेटमा पराजित हुदैं आर्मी उपविजेतामा चित्त बुझायो । सशस्त्रले ५ लाख रुपैयाँ नगद राशीको पुरस्कार प्राप्त गर्यो । आर्मीले २ लाख ५० हजार प्राप्त गर्यो । न्यु डायण्डले १ लाख २५ हजार र चौथो एवं सान्त्वना बनेको गण्डकीले ६५ हजारको नगद पुरस्कार प्राप्त गर्यो ।

 

महिला तर्फ सर्वोत्कृष्ट खेलाडी सशस्त्र प्रहरी बलकी सरस्वती चौधरी घोषित भईन् । उनले नगद २५ हजार प्राप्त गरिन् उत्कृष्ट लिबेरो त्रिभुवन आर्मी क्लबी सरस्वती जैसी, उत्कृष्ट स्पाईकरमा सशस्त्रकी निरुता ठगुन्न सशस्त्र प्रहरी बल, उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, उत्कृष्ट ब्लकर त्रिभुवन आर्मीकी संगम महतो, उत्कष्ट सेटर न्यु डायमण्डकी प्रगति नाथ, उत्कृष्ट प्रशिक्षक सशस्त्र प्रहरीबलका महेश चौधरी घोषित भए ।

विधागत तर्फ उत्कृष्ट  खेलाडीहरुले जनही १०÷१० हजार नगद प्राप्त गरे । विजेता तथा उपविजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, टाईगर ग्रुप पोखराका अध्यक्ष नारायणप्रसाद शर्मा लगायतल ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...