पाेखरा, माघ २४ गते ।पाेखरामा प्रथम केपी ओलि सडक दाैड प्रतियाेगिता हुने भएकाे छ । नेपाल खेलकुद महासंघ (नेकोस)को दोस्रो महाधिवेशनको पूर्व सन्ध्यामा खेलकुद महासंघ गण्डकी प्रदेशले सडक दौड प्रतियोगिता गर्न लागेको हाे ।
आउदाे फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा हुने महाधिवेशनको अवसरमा माघ २८ गते पोखरा रंगशालामा दौड प्रतियोगिता गर्न लागेको प्रदेश अध्यक्ष विष्णु पुनले जानकारी दिए । महाधिवेशनकाे प्रचार प्रसार गर्ने उदेश्यले प्रतियाेगिता गर्न लागेकाे अध्यक्ष पुनले बताए ।
प्रतियाेगितामा पुरुषतर्फ १० किमी दौडमा प्रथम हुनेले १० हजार, मेडल र प्रमाणपत्र पाउने छन । प्रतियोगितामा द्वितीय हुनेले नगद ७ हजार मेडल र प्रमाणपत्र पाउने छन् । तृतीय हुने खेलाडीले ५ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।
५ किमी महिला दौडमा, प्रथम द्वितीय र तृतिय हुने खेलाडीले क्रमशः ७ हजार, ५ हजार, ३ हजार मेडल र प्रमाणपत्र पाउने छन् ।
महासंघले खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने नारा साथ प्रतियोगिता गर्न लागेको हो ।