पोखरा, माघ २६ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाहरुले गहना र लुगा लगाउने विषयलाई प्रतिष्ठाको विषय बनाउन नहुने बताउनुभएको छ ।
पोखरा महानगरपालिका वडा नम्वर ९ को वडास्तरीय महिला सञ्जालले आयोजना गरेको उद्घोषण तालिमको उद्घाटन गदै आर्थिक रुपमा आत्मनिर्भर बन्ने विषयमा ध्यान दिनुपर्ने बताउदै भन्नुभयो,“हामी महिलाहरु धेरै गहना र महंगा कपडा लगाउने विषयलाई मात्र प्रतिष्ठाका रुपमा सोच्छौ , अब त्यो सोच परिर्वतन गरेर ब्यवसायीक रुपमा सबल र सक्षम हुनुपर्छ ।” उहाँले महिलाहरुमा कानूनी ज्ञान र आफना अधिकार बारे जानकार हुर्नुपर्ने बताउदै कानूनको अज्ञानता क्षम्मे नहुने बताउनुभयो ।
उपप्रमुख गुरुङले महिलाका धेरै अधिकार संविधानमा लेखिएको बताउदै अव त्यसको कार्यान्वयन गर्नुपर्ने खाँचो औल्याउनुभयो । विगतमा भन्दा महिलाहरुमा परिर्वतन आएपनि सोचे जस्तो नभएको बताउदै भन्नुभयो, २०१७ सालमा आइमाई दिवसका रुपमा सुरु भएर नारी दिवस र अहिले महिला दिवसका रुपमा आएको बताउनुभयो । उहाँले गलत संस्सकारलाई परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै परिर्वतन आफैबाट सुरुवात गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा नम्वर ९ का अध्यक्ष दिपेन्द्र मर्सानी, निर्वतमान वडा अध्यक्ष रामराज लामिछाने, वडा सदस्य एवं न्यायिक समिति सदस्य भावना श्रेष्ठ, वडास्तरीय महिला सञ्जालका उपाध्यक्ष सरिता बास्तोला लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडास्तरीय महिला संञ्जालका अध्यक्ष कमला केसीको अध्यक्षतामा भएको थियो भने तालिममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सेना पंगेनी प्रशिक्षक रहनुभएको थियो ।