पोखरा, माघ २६ गते ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २३ औँ राष्ट्रिय महाधिवेशनको मिति नजिकिए संगै विभिन्न पदका सम्भावित उम्मेदवारहरुको चर्चा सुरु भएको छ ।
आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न हुन लागेको महाधिवेशनको लागि देशभरीबाट सहभागी हुने प्रतिनिधि छनौट चलीरहदा नेतृत्व निर्माणमा भने पुस्तान्तरणको बिषयले समेत प्रवेश पाएको हो ।
झण्डै ८ बर्ष पुनर्गठनबाट नेतृत्व चयन गरेको अनेरास्ववियुको महाधिवेशनमा यो पटक पुस्तान्तरणको बहस र महाधिवेशनको रापताप बढेसंगै विभिन्न पदमा आकाक्षा व्यक्त गर्ने वा सम्भाबित रहने नयाँ पुराना अनुहारको नेतृत्व तहमा चर्चा हुन थालेको हो ।
अनेरास्ववियुमा अहिले केन्द्रिय कमिटी प्रवेशका हिसाबले झण्डै चार पुस्ताको प्रतिनिधित्ब रहेको बताईन्छ । जसमध्य अध्यक्ष पदका सशक्त दाबेदार देखिएका बरिस्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक बडालहरु पुरानो पुस्ता अर्थात २२ औं महाधिवेशनका पनि पदाधिकारी हुन भने वर्तमान अध्यक्ष सुनिता बराल नेतृत्वमा पुर्नगठन हुदा केन्द्रिय कमिटी सदस्यमा मनोनीतहरुले पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दैछन् ।
अनेरास्ववियुमा अध्यक्ष पछि अत्यन्तै महत्वका साथ हेरीने महासचिवमा बर्तमान उपमहासचिव र सचिवहरुको तिव्र आकांक्षाका विच छनौट भएका प्रतिनिधिहरुको मनस्थिती र पुर्व विद्यार्थी नेताहरु पुस्तान्तरणको पक्षमा देखीए पछि महाधिवेशनको थप रौनक बढेको बताईन्छ ।
यसैक्रममा महासचिव पद लागि गण्डकीबाट प्रकाश भुजेलको चर्चा सुरु भएको छ । कास्कीका भुजेल अनेरास्ववियुको बर्तमान निर्वाचन आयोग अध्यक्ष हुन् । उनले चाहाना देखाए पछिल्लो समय सुरु भएको पुस्तान्तरणको बहसलाई समेत सम्बोधन हुने गरेर प्रकाश नै महासचिव बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिहरु बताउछन् ।
भुजेल भने पदाधिकारीमा आफ्नो दावा स्वभाबिक भए पनि यहीँ पदमा आफ्नो उम्मेदवारी रहने भन्ने निश्कर्षमा आफू पुगी नसकेको बताउछन् । आफू एक खालको छलफलमा नै रहेको भन्दै उनले महासचिव वा उपाध्यक्ष पदमा आफ्नो चाहाना रहेको तर सहमति हुने अवस्था आए परिस्थिति फरक पनि बन्न सक्ने बताए ।
को हुन प्रकाश भुजेल ?
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासमा जन्मिएका भुजेल अनेरास्ववियुको बर्तमान निर्वाचन आयोगका अध्यक्ष हुन् ।उनी तत्कालीन समयमा नेविसंघको दवदवा मानीने शंकरदेव क्याम्पसमा २०६५ सालको स्ववियु निर्वाचनमा सचिव सहित बहुमत सिट जिताउन महत्वपुर्ण भुमीका निर्वाह गरेका नेताका साथै स्वयम् आफु लोकप्रिय मत सहित अनेरास्ववियुबाट निर्वाचित स्ववियु सदस्य हुन् भने २०७३ सालको स्ववियु निर्वाचनको क्रममा सभापतीका उमेद्वारका रुपमा अगाडी सारीएका उम्मेदवार समेत हुन् ।
तथापी भुजेलकै लोकप्रियताको कारण उनको २८ बर्षे उमेर रहदा सम्म क्याम्पसले स्ववियु निर्वाचन नगरेको शंकरदेव क्याम्पसका जानाकारहरु वताउछन् । जहाँ जिम्मेवारी प्राप्त गर्छन त्यस जिम्मेवारीलाई अत्यन्तै मेहनतका साथ रचनात्मक रुपमा सम्पन्न गर्ने कार्यकौशल राख्ने उनलाई आम कार्यकर्ताहरुले बर्तमान कमिटी भित्रको कर्मी माहुरीको संज्ञा दिने गरेका छन् ।आफ्नो जिम्मेवारीलाई कुशलता पुर्वक सम्पन्न गर्न रमाउने र अनेरास्ववियुको हरेक कार्यक्रममा उत्तिकै सक्रिय रहने भएकाले पनि उनी पछिल्लो पुस्ताका विद्यार्थीका विच निकै लोकप्रिय नेताका रुपमा चिनिन्छन् ।
अनेरास्ववियु शंकरदेव क्याम्पसको विभिन्न जिम्मेवारी पुरा गर्दै अध्यक्ष समेत बनिसकेका उनी अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचन आयोग सदस्य हुदै केन्द्रमा प्रवेश गरी हाल सोही आयोगको अध्यक्षको जिम्मेवारीमा छन् ।
अध्ययनको एक मात्र उदेश्यले २०६५ सालमा काठमाण्डौं छिरेको बताउने उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापन र प्राईभेट तर्फबाट राजनैतिक शास्त्रमा सहित दुई बिषयमा स्नातोत्तर गरी हाल त्रिभुवन विश्वविद्यालयबाट एमफिल–पिएचडिका शोधार्थी रहेका छन् भने कानुनमा स्नातक गरेका अधिबक्ता समेत हुन् ।
अनेरास्ववियुले निति तथा विधान महाधिवेशन सम्पन्न गरी आगामी कार्यकालका लागी नयाँ नेतृत्व निर्माणको उदेश्य बोकेर तय गरेको महाधिवेशनले १७ पदाधिकारी सहित १ सय ९९ सदस्य केन्द्रिय कमिटी निर्वाचित गर्नेछ ।महाधिबेशनमा देशभरीबाट आयोजक समेत गरी १ हजार ५ सय ७९ प्रतिनिधि सहभागी हुने अनेरास्ववियुले जनाएको छ ।