बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध भाेलि पाेखरामा विरोध

पोखरा, फागुन १० गते । पोखराका  उद्योगी÷व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाउने भएका छन् ।
पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी÷व्यवसायीहरु सडकमा ओर्लन लागेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जामा गरिएको ब्याज वृद्धि,धरपकड एवं मानसिक आतंकको विरोधमा बिहीबार चिप्लेढुंगा चोक (बीपी चोक)मा शान्तिपूर्ण विरोध प्रदर्शनको आयोजना गरिएको हो ।

 

संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्मको विरोध प्रदर्शनमा पोखरामा रहेका विभिन्न बस्तुगत संघको पनि सहभागिता रहने छ । निजी क्षेत्रको मागको सुनवाइ नभएसम्म विरोधका कार्यक्रम जारी रहने र आवश्यक परे काठमाडौं नै पुगेर विरोध प्रदर्शन गरिने पनि उनले बताए ।

 

संघका महासचिव बलराम आचार्यले प्रदर्शनको क्रममा बैंक तथा वित्तीय संस्थाहरुको मनोमानीविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरिने कार्यक्रम तय गरिएको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...