महाराजगञ्ज नर्सिङ क्याम्पस स्ववियुमा नेविसंघको तर्फबाट सभापतिमा धनुष विश्वकर्माको उम्मेदवारी

आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाली काँग्रेस निकट बिद्यार्थी संगठन नेविसंघको तर्फबाट उम्मेदवारी दिएकी छन् ।

नेविसंघको तर्फबाट धनुष विश्वकर्माले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघबाट सचिवमा विशाल केशरी र कोषाध्यक्षमा स्मृति श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

 

यस्तै सदस्यहरुमा सरिता शाह , रिश्ता कार्की , जोसिका कंडेल, रक्षा ढुंगाना , संगीता न्यौपानेले उम्मेदवारी दिएका छन । महाराजगन्ज नर्सिङ क्याम्पसमा हाल ३६९ विद्यार्थी अध्ययन गर्दै आएका छन ।  यस पटक स्ववियु निर्वाचन प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदै छ ।

 

फागुन २८ मा उम्मेदवारको नामावलीमाथि दाबी–विरोध गर्ने, छानबिन गरी नामावली सार्वजनिक गर्ने समय तालिका तोकिएको छ ।

 

फागुन २९ गते (सोमबार) उम्मेदवारी फिर्ता लिने समय सकिएपछि अन्तिम नामावली सार्वजनिक गरेर प्रचारप्रसारको समय सुरु हुनेछ । चैत २ गते राति १२ बजेसम्म मात्रै प्रचारप्रसार गर्न पाइने छ  I

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...