दीपंकर तथागतको मूर्ति दान

नेपाल सम्बत् ११४४ गुंलागाः जुगः पञ्चदान, कृष्ण त्रयोदशीे ( सिब.सं. २०८१ साल भाद्र १५ गते शनिबार) का दिन श्रीखण्ड तरुमूल महाविहारका सर्वसंघ दिवंगत इं. भक्तानन्द बज्राचार्यको नाममा श्री दीपंकर तथागतको नव निर्मित प्रतिमा प्रदर्शन गरी सम्पवूर्ण आर्य सर्वसंघ बज्राचार्यको धर्मचित्त उत्पति भई श्री दीपंकर तथागतको बिहिबारका दिन आफ्नो बाहाः श्रीखण्ड तरुमूल महाबिहार हस्तान्तरण गरिने भयो ।

यस श्री दीपंकर तथागतको नवनिर्मित सुवर्णमय जूगु प्रतिमा र प्रतिमालाई शोभायमान गरि सुसज्जित गरी आभुषण तल उल्लेख गरिए अनुसार गरिएको छ ।

१. नवनिर्मित श्री दीपंकर तथागत विराजमान हुनुभएको सिंहासन, प्रभामण्डल र छत्र सहित सांढे छ फीट र ६० केजि. भएको सुवर्णमय प्रतिमा एक वटा ।

प्रतिमाको मुकुटको माथी सुन र चांदीको केटकी स्वां(कीकिपाः) सातवटा ।

३. प्रतिमाको कानमा भएको कुण्डल दुई वटा ।

४. ह«दय फ्व र २६ मोहर भएको मोहर माला १ वटा ।

५. थि भएको कमलको फूल(पलेंस्वां) सहितको चांदीको सिक्री १ वटा ।

माथी उल्लेख भए बमोजिमको आभुषणले सुसज्जित गरी हस्तान्तरण गरेको श्री दीपंकरको सु्वर्णमय प्रतिमालाई श्रीखण्ड तरुमूल महाविहारको सर्वसंघ सम्पूर्णले संरक्षण, सम्बद्र्धन गरी सुरक्षित राखि जोगाइराख्ने छ भन्ने कामना गरी बाहासंघलाई विशेष अनुरोध गरेको छु । धन्यबाद  भन्दै दाताः रञ्जना देवी बज्राचार्य, नक्साल काठमाण्डौं  साक्षि ई. दिग्विजयानन्द बज्राचार्य को पहलमा संयुक्त रुपमा श्रीखण्ड तरुमूल महाविहार सर्वसंघ सदस्यहरुलाई आज मिति २०८१ भाद्र ६ गते एक समारोह गरी दीपंकर तथागतलाई प्राणप्रतिष्ठा गरी दाताको घरमा दान दिने कार्य सम्पन्न गरियो । उक्त कार्यमा दान लिने विहारबाट एक टोली घरमै गई नवनिर्मित मूर्तिलाई बाजागाजाका साथ बौद्ध परम्परा अनुसार आफ्नो विहार असनमा लसकुस गरी विधिपवूर्वक रुपमा भित्र्याइयो । उक्त अवसरमा राजकीय बाजागाजा समेत बजाइएको गिथयो भने सयौंको संख्या भक्तजनका साथसाथै दाता परिवार, संघ का सदस्यहरु शोधार्थी,पत्रकार लगाइतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...