पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकहरू मध्य हरेक दिन पाँचजनालाई मोवाइल पुरस्कार दिइने भएको छ ।
मोवाइल बितरक संघ, गण्डकीसँगको सहकार्यमा आयोजित चौथो मोवाइल एक्सपो अन्तर्गत मोवाइल खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था सहित एक्सचेञ्ज अफर, किस्तामा मोवाइल फोन खरिदको प्याकेज मेलामा रहनेछ मेलामा जाने दर्शक मध्येबाट हरेक दिन पांच जनालाई डोर प्राइजको रुपमा ५ वटा मोवाइल उपलब्ध गराइने भएको मोबाइल वितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले जानकारी दिएका छन् । क्यान कास्कीसँगको सहकार्यमा हुने १२ औं क्यान इन्फोटेक २०२५ अन्तर्गत सूचना प्रबिधि क्षेत्रमा आएका नयाँ आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावना सहित सफ्टवेयर निर्माण एवं यसको बजार, आइटीसँग सम्बन्धित खेल र प्रतियोगिता पनि महोत्सवको आकर्षण बन्ने क्यान कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले ब्यक्त गरे ।
राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव२०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ मा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ ।
मेलामा हामी गण्डकी प्रदेशमा रहेका ठूला, मझौला र साना उद्योगका उत्पादनका अलावा रोजगारी सिर्जना, नयाँ सम्भावनाको खोजी एवं अन्य प्रदेशका असल अभ्यासहरुलाई पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ । मेलालाई सम्पूर्ण राष्ट्रको औद्योगिक,कृषिजन्य, हस्तकलाका उत्पादन,सूचना प्रविधि, शिक्षा,स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने गरी आयोजना गरिँदै छ,’ उनले भनेका छन्,‘ लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप आयोजना हुने मेलामा अन्य प्रदेशका निजी क्षेत्रले अलम्बन गरेका असल अभ्यासलाई पनि प्रदर्शन गरौँ,सहकार्यको नयाँ अध्याय सुरुवात गर्दै सो क्षेत्रको लगानी गण्डकी प्रदेशमा आकर्षित गरौँ भन्ने पुनित लक्ष्य पनि हामीले राखेका छौँ ।’
संघकी महासचिव शोभा गौतमका अनुसार मेलामा निजी क्षेत्रबीच सहकार्य र सम्भावनाबारे चर्चा पनि हुनेछ । प्रचार प्रसार संयोजक तथा संघका कार्यसमिति सदस्य मनोहरि पौडेलका अनुसार मेलामा विश्वस्तरमा चल्तीमा रहेका आर्टीफिसियल इन्टलिजेन्स ( एआई), ( उन्नत सीसी टिभी सर्भिलेन्स पनि उपलब्ध हुनेछन् ।
महोत्सव अन्तरगत माघ ११ मा कलाकारहरू पुरूत्तोम न्यौपाने,घनश्याम रिजाल,कमला गैहे,सविना गुरूङ लगाएतका कलाकारहरूले प्रस्तुती दिएका थिए भने माघ १२ गते मन्जु पौडेल,श्रीकृष्ण बम मल्ल,पार्वती गुरूङ,सरस्वती लामिछाने ,सन्तोष सुवेदी लगाएतका कलाकारहरूको प्रस्तुति रहने छ । महोत्सवमा सहभागी दर्शकले टिकट सगै नेपाल टेलिकमको सिमकार्ड निशुल्क पाउने छन् । माघ १० गतेबाट जारी महोत्सव माघ १७ गतेसम्म रहने छ I
सम्बन्धित खवर
टिप्पणिहरु