संस्कृति टोल विकास समतिको अध्यक्षमा महेन्द्र भुर्तेल र्निविरोध र्निवाचित

संस्कृति टोल विकास समतिको अध्यक्षमा महेन्द्र भुर्तेल र्निविरोध र्निवाचित भएका छन् । पोखरा महानगरपालिका वडा नं. १४, स्थित संस्कृति टोल विकास संस्थाकोे दोस्रो अधिवेशनले भुर्तेलको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । दुई वर्षे कार्यकाल रहने समितिको उपाध्यक्ष रमेश शर्मा, सचिव दुर्गा न्यौपाने, कोषाध्यक्ष पुजा अधिकारी र सहसचिवमा सविन तिवारी रहेका छन् । यस्तै, सदस्यहरुमा निलम गुरुङ, नर बहादुर गुरुङ, तिर्थमाया गुरुङ, उमा रोका, सरिता पौडेल, सरस्वती सारु, युधिष्ठिर रायमाझि, हेमलाल सुनार, विष्णुदत्त कंडेल, थौमाया गुरुङ, विष्णु भुषाल र पुरुषोत्तम पौडेल छन् ।
अध्यक्ष भुर्तेल पोखरा महानगरपालिका १० स्थित सेगा कम्प्युटर नामक संस्था १९ वर्षदेखि चलाउदै आएका छन् । धेरै संस्थामा आबद्ध भुर्तेलले टोल सफल भए वडा, वडा सफल भए पालिका र पालिका सफल भए सिंग्गो देश सफल हुनु भन्दैै आफ्‌नो आफू टोल बनाउन लागेको बताए ।

शेर बहादुर रानाको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन मण्डलले भुर्तेलको अध्यक्षतामा सर्वसम्मत रुपमा कमिटी गठन गरेको हो । सदस्यहरुमा डा. रामजि शर्मा र विष्णु शर्मा रहेका थिए ।

यसअधि संस्थाको साधारण सभा तथा अधिवेशन शनिबार पोखरा महानगरपालिका १४ का वडा अध्यक्ष बोधराज कार्कीले उद्घाटन गरेका थिए । उनले वडा भित्र संस्थाले उत्कृष्ट कार्य गर्दै भएको र आगामी दिनमा पनि निरन्तरता दिई वडालाई महानगरमा नै उत्कृष्ट बनाउन सबै टोलबासीको सहकार्य आवश्यक रहेको बताए । साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन पेश गरी सर्वसम्मत पारीत भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...