भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सन्टरको सातौँ वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न

पोखरा २७ तालचोक स्थित भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सन्टरको २०८१ भाद्र ८ गते शनिवार सातौँ वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ। प्रा.डा. रामनाथ ओझाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा करिब ५० जना प्रशिक्षार्थीहरु दिक्षित भएका छन् । कार्यक्रमको अध्यक्षता ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक दुर्गा सिग्देलले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि रामानाथ ओझाले यस ट्रेनिङ सेन्टरले दक्ष र सीप युक्त शिक्षक उत्पादन गरी समाजमा ठूलो योगदान पुर्‍याएको र शिक्षकहरुले साना कलिला बालबालिकाहरुको मनोभावना बुझेर काम गर्नु पर्ने जस्ता धेरै महत्वपूर्ण कुरा राख्नु भएको थियो । उक्त कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनु भएका लक्ष्मी आदर्श बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख तारा शर्मा, लेखनाथ उद्योग वाणिज्य महासंघका महासचिव जानुका पराजुली, लक्ष्मी मा.वि. अर्घौका प्रधानाध्यापक जगन्नाथ अधिकारी, पहिलो पाइला मन्टेश्वरी, दुलेगौडाका प्रिन्सिपल सरिता न्यौपाने  लगायतले ट्रेनिङ सेन्टरले दक्ष शिक्षक उत्पादन गराउने कार्यमा ठूलो योगदान गरेको कुरा राख्दै ट्रिनिङ सन्टरको प्रसंशा गर्नु भएको थियो । उक्त कार्यक्रममा लेखनाथ क्षेत्रका क्याम्पस, विद्यालय तथा मण्टेश्वरीका शिक्षक तथा प्रिन्सिपलहरुको समेत उपस्थिति रहेको थियो ।

भिजन मन्टेश्वरी टिचर्स ट्रेनिङ सेन्टरले ४ महिने डिप्लोमा इन मन्टेश्वरी, ३ महिने जुनियर डिप्लोमा इन मन्टेश्वरी, अन्तरार्ष्ट्रिय बाल विकास कार्यक्रम अन्तरगत केयर गिभर कार्यक्रम, कम्प्युटरका कोर्षहरु, अंग्रेजी भाषा लगायतका विषयमा प्रशिक्षण गर्दै आइरहेको छ । २०८० साल भाद्र महिनादेखि २०८१ भाद्रसम्म प्रशिक्षण लिएका करिब ५० जना विद्यार्थीहरुलाई उक्त कार्यक्रममा दिक्षित गरिएको थियो ।  कार्यक्रमका अध्यक्ष दुर्गा सिग्देलले टेनिङ सेन्टरले आगामी दिनमा नयाँ प्रविधि र समायानुकुल सीप भएका पूर्व प्राथिमक तथा प्राथमिक तहका लागि योग्य र दक्ष शिक्षक निर्माण गर्न ६ महिने र १ वर्षे कार्यक्रम सञ्चालन गर्ने योजना बताउनु भएको थियो । वार्षिकोत्सव तथा दिक्षान्त कार्यक्रमको सञ्चालन प्रविना वि.क.ले गर्नु भएको थियो भने अतिथि तथा सहभागीहरुलाई बाबुराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...