अन्नपूर्ण टोल बिकास सस्था कुडहरको को तेस्रो साधारण सभा र आमासमुह गठन भब्य रुपमा सम्पन्न

पाेखरा २९ , अन्नपूर्ण टोल बिकास सस्था कुडहरको को तेस्रो साधारण सभा पोखरा -१३ का वडा अध्यक्ष किरण बराल को प्रमुख आतिथ्य र सस्था का अध्यक्ष सु. पूर्ण बहादुर गुरुङ को अध्यक्षतामा भब्य रुपमा सम्पन्न भयको छ ।

साधारण सभामा आर्थिक बर्ष २०८०/८१ को लेखा प्रतिबेदन कोषाध्यक्ष रिना गुरुङले प्रस्तुत गरिन भने सस्था का अध्यक्षले सस्थाले हाल गरिरहेका कार्यहरु र भाबी योजना तथा  कार्यक्रम बारे बोलेका थिए । प्रमुख आतिथि  किरण बरालले सस्ठाले गरेका   गतिबिधिको खुलेर प्रशसा गर्दै टोलले भोग्नु परेको बाढिको समस्या बारे आफु जानकार रहेको र  छिट्टै समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे । साथै वडा कार्यालय सधैं टोल बिकासमा हातेमालो गर्दै अघिबढ्न चाहेको बताए  । यसै गरी साधारण सभाको अवसरमा टोलका जेष्ठ नागरिकलाई सम्मान, १३३ जना आजबिन सदस्यहरुलाई सद्स्यता प्रमाणपत्र प्रदान तथा टोलको आमासमुह गठन गरिएको थियो। उक्त कार्यक्रममा पोखरा १३ कि वडा सदस्य सुचिता तामाङ, सस्थाका सल्लाहकारहरु, हैकमधोज घले, बिलबहादुर गुरुङ, गम बहादुर , अशोक गुरुङ लगायत र उपाध्यक्ष बाबुराम सापकोटाले शुभकामना मन्त्ब्य राखेका  थिए भने सचिब सन्तोष गुरुङ ले कार्यक्रम सन्चालन गरेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...