पोखरामा माघ १० देखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ हुँदै

१२औं क्यान इन्फोटेक मेलाकाे विशेष आकर्षण

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ३३औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ आउँदो माघ १० देखि १७ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजारमा हुने तयारी अन्तिम चरणमा पुगेको छ। मेलाको सन्दर्भमा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारीबारे जानकारी गराइएको छ।

सो मेलामा १२औं क्यान इन्फोटेक २०२५, चौथो मोवाइल एक्सपो २०२५, साथै गण्डकी प्रदेशका ठूला, मझौला, र साना उद्योगका उत्पादनहरू, रोजगारी सिर्जना, र नयाँ सम्भावनाको खोजी समेत समावेश गरिनेछ। गण्डकी प्रदेशसँग समन्वयमा आयोजना गरिने यो मेला ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ भन्ने लक्ष्य प्राप्तिमा केन्द्रित हुनेछ।

१२औं क्यान इन्फोटेकमा UNV by Eagle Tech Nepal ले टाइटल स्पोन्सर तथा Tech World Distribution Powered By रहने गरी क्यान कास्कीसँग सहकार्य गरेको छ। १२औं क्यान इन्फोटेक २०२५ मा सूचना प्रविधिका पछिल्ला आविष्कार, सफ्टवेयर निर्माण, एआई, उन्नत सीसीटीभी सर्भिलेन्सजस्ता प्रविधिहरू प्रदर्शनीमा समावेश गरिनेछन्। यसैगरी, चौथो मोवाइल एक्सपो २०२५ मा मोवाइल खरिदमा ५०% छुट, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ मोवाइल डोर प्राइजको व्यवस्थासमेत गरिएको छ।

१२औं UNV क्यान इन्फोटेक २०२५
00 01 days 19 20 hours 19 20 minutes 53 54 seconds
आयोजक क्यान महासंघ कास्की

मेलामा सातवटै प्रदेशका पहिचान झल्किने औद्योगिक उत्पादन, हस्तकला, कृषि, पर्यटन, र मौलिक रैथाने परिकारहरू प्रस्तुत गरिने छन्। सांस्कृतिक कार्यक्रम, सीप सिकाउने कार्यशालाहरू, र टक शो मार्फत् पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास गरिने आयोजकहरूले बताएका छन्।

पोखरामै स्थापित क बर्गको बैंक माछापुच्छ्रे बैंक लिमिटेड प्रायोजक रहँदा पोखरा इन्टरनेट प्रालि, कर्माचार्य ग्रुप, अन्नपूर्ण फुड एण्ड बेभरेज, कृषि विकास निर्देशनालय गण्डकी, युनाइटेड अजोड इन्स्योरेन्स, बन्दीपुर केबलकार, यती एयरलाइन्स, डिजिटल वालेट खल्ती, गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल टेलिकम, बागमती प्लाष्टिक, फिस्टेल ड्रिम पार्क, डाबर नेपाल, कामना सेवा विकास बैंक लिमिटेड, ग्रिन डेपलपमेण्ट बैंक, याक ब्रोइङ कम्पनी लिमिटेड,सारस बेभरेज, होटल चौतारी बुटिक, कुटी रिसोर्टलगायतका प्रतिष्ठानसँग सहकार्य रहेको छ ।

मेलाका मुख्य प्रायोजकमा बाल्ट्रा, सहप्रायोजकमा समृद्धि स्टिल्स, सुजल डेरी, र अन्य सहयोगी संस्थाहरू रहेका छन्। मेलास्थलमा विभिन्न स्टलहरूबाट गण्डकी प्रदेशका उत्पादन र प्रविधिहरूको विशेष प्रदर्शन गरिनेछ।

मेलाको प्रवेश शुल्क रु. ५० निर्धारण गरिएको छ। संघका सदस्य, जेष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, र राष्ट्रसेवक कर्मचारीलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

संघले २०४२ सालदेखि मेलाहरू आयोजना गर्दै आइरहेको छ। यो मेलाले प्रदेशस्तरका उद्योग व्यवसायलाई नयाँ ढोका खोल्ने, नवप्रवर्तनलाई प्रेरित गर्ने, र आर्थिक गतिविधिलाई गति दिने विश्वास आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...