पाेखरा, चैत १० गते ।गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज बसेकाे संसदीय दलकाे बैठकले सरकारबाट बाहिरने निर्णय गरेकाे छ ।
सरकारबाट बाहिरिने निर्णय गरेपछि माओवादी केन्द्रबाट सहभागी दुई मन्त्रीले राजिनामा दिएका छन । मुख्यमन्त्री खगराज अधिकारी समक्ष माओवादी संसदीय दलका नेता एवं भाैतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन मन्त्री रेशम जुग्जाली मगरले राजिनामा बुझाएका छन ।