पोखरा, चैत १६ गते ।पोखराको सहारा क्लबले सञ्चालन गरेको सुर्यबहादुर के.सी.स्मृति सहारा फुटबल एकेडेमीमा नयाँ भर्ना गर्ने भएको छ । विगत २०५८ सालदेखि सञ्चालन हुदैँ आएको एकेडेमीमा बैशाखदेखि चौथो ब्याजका लागि बालकहरु नयाँ भर्ना गर्ने सहाराले जनाएको छ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर सहाराले प्रशिक्षार्थी बालकहरुका लागि न्यूनतम योग्यता तथा मदपदण्ड सार्वजनीक गरेको छ । फुटबल खेलका माध्यबाट सामाजिक कार्यमा लागेको सहाराले एकेडेमीबाट उत्पादित प्रशिक्षार्थीहरु चर्चित फुटबल खेलाडी बनेको दावी गरेको छ ।
सहाराले नयाँ ब्याचका लागि ३० जना असहाय, विपन्न बालकहरुलाई भर्ना गर्ने जनानएको छ । सहारा एकेडेमीका लागि बुबाआमा दुबैको मृत्यु वा कुनै १ को मृत्यु भएको, बुबाआमा (क) र (ख) वर्गको अपांगता भएको, प्रशिक्षार्थी बालकको २०७१ बैशाखदेखि यही चैत मसान्तभित्र जन्म भई ९ वर्ष पुरा भई दश वर्ष ननाघेको, कक्षा ५ अध्ययनरत हुनुपर्ने, शारीरिकरुपमा तन्दुरुस्त भई कुनैपनि अपांगता नभएको हुनुपर्ने मापदण्ड सार्वजनीक गरेको छ ।
सहाराले मापदण्डमा पर्ने बालहरुलाई छनौट गरेर एकेडेमीमा राख्ने जनाएको छ । छनौटका लागि नजिकको नातेदार वा बालक आश्रित संघसस्थाको आवेदन, बालकको बुबा आमाको वा नजिकको नातेदारको नेपाली नागरिकता प्रमाणपत्रको फोटोकफी वा आश्रित संघसंस्थाको दर्ता प्रमाणपत्रको फोटोकपी, स्थानीय तहको सिफारिस, जन्मदर्ता प्रमाणपत्र, मृत्यु दर्ता प्र्रमाणपत्र बालकको सम्पत्ति भए सोको निस्साको फोटोकपी र दुई थान फोेटो सहित आवदेन दिनुपर्ने क्लबका अध्यक्ष हरिराम गुरुंले बताए ।
सहाराले एकेडेमीमा बालकहरुलाई कक्षा १२ सम्मको लालनपालन, शिक्षा, स्वास्थ्य र आवासको ब्यवस्था गर्ने छ । उनीहरुको व्यवस्थापनका लागि वार्षिक झण्डै ३० लाख रुपैयाँ खर्च हुने अध्यक्ष हरिराम गुरुंले बताए । सहाराले २०५८ सालदेखि आहारारा गोल्ड कप फुटबल सञ्चालन गदै त्यसबाट वचत रकम एकेडेमीमा खर्च गदै आएको छ । पछिल्लो समय पोखराका प्रतितिष्ठित उद्योगी स्वर्गिय सुर्यबहादुर केसीको परिवारजनबाट बार्षिक १५ लाख रुपैयाँ सहयोग प्राप्त भएको जनाएको छ । त्यस्तै सहाराले एकेडेमी सञ्चालनका लागि अध्यक्ष कोर्ष स्थापना गरेको छ । अध्यक्ष कोषमा हालसम्म २ करोड ४० लाख संकलन भएको छ भने त्यसको ब्याजबाट एकेडेमीका बालकहरुको खर्च ब्यवस्थापन गरिने सहाराले जनाएको छ ।
सहारा फुटबल एकेडेमीका लागि भर्ना खुलेको छ क्लबका बरिष्ठ उपाध्यक्ष केशराज बरालले भने, ३० जना बालहरुलाई भर्ना गछौ उनीहरुलाई कक्षा १२ सम्मको शिक्षा लगायत सम्पूर्ण व्यवस्था हामी गर्छै । अनाथ, असहाय बालकहरुलाई सक्षम नागरिक बनाउने र उनीहरुलाई समाजमा पूर्नस्थापित गर्ने कार्यमा सहारा लागेको छ उनले भने । सहारा क्लबका ूपूर्व अध्यक्ष विक्रम थकालीले खान नपाउने अवस्थाका बालकलाई खाना, सिरक ओढन नपाउनेहरुलाई बस्ने र शिक्षाको ब्यवस्था गरेर फुटबल खेलाडी बनाउने योजना सहित एकेडेमी सञ्चालन गरेको बताए । उनले विगतमा जुन उद्देश्य लिएर सञ्चालन गरिएको हो, ्रत्यही उद्देश्य बाहेक बाहिर जान नसकिने बताए ।