रेडियो अन्नपूर्णको रक्तदानमा ११० युनिट रगत संकलन

पोखरा, १८ चैत।रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको २१ औं बृहत रक्तदान कार्यक्रमा १ सय १० यनिट रगत संकलन भएको छ ।

नयाँ रक्तदाहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित रक्तदानमा ९४ जना पुरुष र १६ जना महिला गरि १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले बताए । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेका छन् ।

 

पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रको उद्घाटन गरे ।

 

 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।

 

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताए ।

 

 

रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ संस्था तथा रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गरे । स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताए ।

 

 

कोशिस नेपालका परियोजना संयोजक सुदिप घिमिरेले पछिल्लो समयमा आत्महत्यको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए।

 

 

रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...