एमाले कार्यकर्ता चारित्रिकरुपमा स्वच्छ हुनुपर्छ :केन्द्रीय सदस्य गुरुङ

पाेखरा,चैत १८ गते ।नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले नेकपा एमालेका नेता कसैले दाेष लगाउन नसक्ने स्वच्छ हुनुपर्ने बताउनुभएकाे छ  ।

मिसन ग्रास रुट अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी एमाले वडा कमिटी फेदीखाेला गाउँपालिका वडा नम्बर २ काे पूर्ण बैठकमा बाेल्दै उहाँले चारित्रिक र नैतिक रुपमा स्वच्छ हुनुपर्ने बताउनुभयाे ।एमालेकाे कार्यकर्ता र नेतालाई देख्ने बित्तिकै आदर गर्ने र एमाले बन्न प्रेेरित गर्ने खालकाे आचरण प्रदर्शन गर्नुपर्नेमा जाेड दिनुभयाे ।

 

उहाँले एमालेका नेता कार्यकर्ता जनताकाे घरदैलाेमा पुगेर उनीहरूका सुखदुःखकाे साथि बन्नुपर्नेमा जाेड दिदै मिसन ग्रास रुट अभियान अन्तर्गत टाेलटाेल र घरघरमा पुग्नुपर्ने बताउनुभयाे ।पाेखरा महानगरपालिकाका उपप्रमुख समेत रहनुभएकी गुरुङले एमालेका कार्यकर्ताहरु न्यायकाे पक्षमा आबाज बुलन्द गर्न आग्रह गर्नुभयाे ।

केन्द्रीय सदस्य गुरुङले देशकाे वर्तमान राजनीति अस्थिर र तरल रहेकाे बताउदै छ राजनीतिक दुर्घटना हुनसक्ने भएकाले  एमाले कार्यकर्ता सचेत बन्नुपर्ने बताउनु भयाे।

 

 

नेकपा एमाले गण्डकी प्रदेश सदस्य एंव प्रदेश सांसद सुधिरकुमार पाैडेलले पार्टीको विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने बताउनुभयाे । उहाँले विचार र सिद्धान्त नपढनेहरु अवसरबादी हुने भएकाले संकटमा विचल्लित हुने बताउनुभयाे । उहाँले संकटको बेलापनि जनमत प्राप्त गर्ने कार्यकर्ता तयार हुनुपर्छ भन्नुभयाे । उहाँले विचार सहितकाे उल्पादनसिल कार्यकर्ता हुनुपर्ने बताउदै सदस्यता,महाधिवेशन प्रतिनिधिका लागि मात्रै नभई प्रत्यक्ष रुपमा पार्टी सदस्यता फर्म भर्नुपर्नेमा जाेड दिनुभयाे।

 

 

फेदीखाेला गाउँपालिका अध्यक्ष धनश्याम सुवेदीेले पार्टीका  गतिविधि तिव्र रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता रहेकाे बताउदै एमाले नेता कार्यकर्ता  उत्पादन  र राेजगारसंग  जाेेडिनुपर्ने बताउनुभयाे ।

 

 

कार्यक्रममा एमाले स्याङ्जा जिल्ला कमिटी सचिवालय सदस्य पुष्पराज बराल,  सदस्य अँसु विक, जिल्ला  सदस्य एवं फेदीखाेला गाउँपालिका उपाध्यक्ष  देउकुमारी गुरुङ, पालिका  कमिटी उपाध्यक्ष दुर्गादत्त शर्मा, फेेदीखाेला गाउँपालिका वडा नम्वर २ का अध्यक्ष जसबहादुर जिसी लगायतले पार्टीको जरामा नभई पात र हागामा समस्या रहेकाे बताउदै माथिका नेताकै कारण पार्टीमा  समस्या रहेकाे बताउनुभयाे ।

 

 

एमाले  फेदीखाेला गाउँपालिका वडा नम्बर २ का  अध्यक्ष जसबहादुर जिसीकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे थियाे ।यसैबीच कार्यक्रममा हालै सम्पन्न स्ववियु निर्वाचनमा सिद्वाथ बहुमुखी क्याम्पसकाे स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान गरिएकाे थियाे । एमाले केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले सम्मानपत्र सहित सम्मान गर्नुभयाे ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...