पाेखरा, चैत १९ गते ।नेपाल खेलकुद महासंघका केन्द्रीय सचिब बिष्णु पुनले नेपालको खेलकुदको बिकासका लागि खेलाडीहरु एकताबद्द हुन जरुरी रहेको बताएका छ्न ।
नेपाल खेलकुद महासंघ फेदिखोला गाउँपालिका स्याङ्जाको कमिटी बिस्तार तथा प्रशिक्षण कार्यक्रममा उनले भने जब सम्म खेलकुदसंग सम्बन्धित सघ ,सस्था, खेलाडी र खेलकर्मिहरु एकजुट हुँदैनन तब सम्म नेपालमा खेलकुदको बिकास हुन नसक्ने र लगानी बालुवामा पानी हाले जस्तो मात्रा हुने बताए ।
उनले भने नेपालमा सयौंको संख्यामा खेलकुदको बिकास तथा बिस्तार गर्नको लागि तमाम खेल संस्था भएको भए पनि ति सबै झोलामा सिमित रहेको भन्दै सबै खेल सस्थाहरुलाई खेलकुद ऎन अन्तगत कानुनी प्रक्रिया पुरा गरि आफ्नो उदेश्य अनुरुप खेल गतिविधि संचालन गर्नुपर्ने बताए ।
आफ्नो हकहित र अधिकार सुनिस्चितका लागि दबाद दिन अनुरोध गर्दै त्यसका लागि नेपाल खेलकुद महासघ अग्रभागमा रहेर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
नेकपा एमाले फेदिखोला गाउँकमिटी अध्यक्ष घनश्याम सुबेदिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल खेलकुद महासघ केन्द्रिय निर्वाचन आयोग सचिब भरत गोदार , स्थायि कमिटी सदस्य रामचन्द्र तिमिल्सिना , प्रदेश कमिटी उपाध्यक्ष दीपेन्द्र शर्मा , नेकपा एमाले स्याङ्जा जिल्ला कमिटी सचिवालय सदस्य पुस्पराज बरालले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
उक्त भेलाले पुर्ब खेलाडी टेक बहादुर गुरुङको सयोजकत्वमा ११ सदस्यीय नेपाल खेलकुद महासघको फेदिखोला गाउँपालिका कमिटी समेत चयन गरेको छ।