पोखरा, चैत २९ गते ।तेश्रो टाइगर कप अन्तर्राष्टिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट झण्डै साँढे पाँच लाख नाफा भएको छ । गत माघ ८ देखि १४ गतेसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न प्रतियोगिताको आयब्यय सार्वजनीक गर्दै ५ लाख ५१ हजार ९ सय ४१ रुपैयाँ बचत भएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलन मार्फत आयब्यय सार्वजनीक गर्दै टाइगर ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले ९० लाख ६७ हजार ५५ रुपैयाँ आम्दानी भएको र ८५ लाख १५ हजार १ सय १४ रुपैयाँ खर्च भएको बताए । उननका अनुसार मुख्य प्रवद्र्धक सुश्री मिडिया प्रालि काठमाडौबाट १४ लाख ५० हजार, राष्टिय खेलकुद परिषद्बाट ८ लाख, पोखरा महानगरपालिकाबाट ७ लाख, प्रवेश टिकटबाट १६ लाख ७५ हजार ५ सय र स्वदेश तथा विदेश तथा अन्य संघसस्ंथा ब्यक्तिबाट ३९ लाख ४१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त भएको बताए ।
त्यस्तै खर्च तर्फ पुरस्कार तथा प्रोत्साहनमा १९ लाख ३० हजार, सहभागी टिमको यातायाता र आवासमा १३ लाख २० हजार, विदेशी टिम खर्च ७ लाख ६६ हजार ९ सय, खेलाडीहरुको पोशाक तथा सोभिनियर ट्याक सुट खर्च १ लाख २४ हजार ९ सय, रेफ्रि अफिसियल र जुरी खर्च ६ लाख ३९ हजार ६ सय ७०, समारोह व्यवस्थापन खर्च ४ लाख २७ हजार ८ सय ७०, कार्यालय व्यवस्थापन खर्च २ लाख ६३ हजार ४ सय ३१ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले बताए ।
त्यस्तै प्याराफिट,मञ्च टेन्ट र साउण्ड सिस्टम खर्च १३ लाख ३१ हजार ९ सय ४२, प्रवद्र्धन प्रचार र विज्ञापन खर्च ५ लाख ४७ हजार ५ सय, अतिथि सत्कार खर्च १ लाख ५० हजार, खेल मैदान खर्च २ लाख २२ हजार १ सय ५६, स्वंयमसेवक खर्च १ लाख ४९ हजार ८ सय २५, मसलन्द तथा स्टेशनी खर्च ८८ हजार ९ सय ३३, टफि मेडल तथा प्रमाणपत्र खर्च ३ लाख ९८ हजार ३ सय ३५, सचिवालय खर्च ८५ हजार र औषधी तथा खानेपानी खर्च ६८ हजार ६ सय ४५ रुपैयाँ खर्च भएको अध्यक्ष शर्माले पत्रकार सम्मेलनमा बताए । अध्यक्ष शर्माले वचत रकम सामाजिक एवं खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा क्लबका महासचिव एवं गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खेलकुदमा सम्भवाना रहेको बताए । उनले पोखरालाई खेलकुदको गन्तब्य बनाउनुपर्नेमा जोड दिए । विगत देखिकै प्रयास हो यस प्रतियोगिताले त्यसलाई थप पुष्टि गरेको छ । खेलकुदको विकासका लागि केन्द्रदेखि चुकेको बताउदै पूर्वाधार निर्माण जिम्मेवारी र दायित्व सरकारको भएको बताए ।